Thursday, 25 October 2007

How can we bring All our friends to this Blog ?

साथि हरु नम्सकार ,
हाम्रो स्कुल ले याँहा सम्म आइपुग्दा कति शिकक्ष लाइ ठँउ दियो त कति स्टुडेन्ट को भाग्य लेखिदियो , त्यो त न त हाम्रो स्कुल को पाना मा अटाउछ न त घनश्याम सर जस्ता स्कुल का हस्ति वा भनु माहाविर सर अनि दिनेश पुरि जस्ता पथप्रदशक ले नै कोर्न भ्याय ।आज यहि स्कुलको उत्पादन देशको नाम रोशन गर्न खडा हुदा कुन चाँहि हामि बिध्यार्थि, शिक्षक अनि अभिभावक होलाऔं तालिपिटेर सम्मान दिन कन्चुसाइ गर्ने हाम्रो समाजमा ।

आज हामि जाँहा छौ , हामि आफ्नो भाग्यले मात्र छैनौ , यसमा मा हामिले ले हाम्रा साथि अनि स्कुलले शिक्षा दिने यो स्कुल अनि साथमा शिक्षकहरुलाइ पनि यसको जस दिनु पर्नेछ किनकि उनिहरु यसका भागदार छन् र म मेरो ठाँउ मा यो कुरा को सधैनै आत्मसाथ गर्दछु।

टेक्नोलोजि ले डाँडो काँडो हल्लाउदा वा साइबर नेट ले दुनियाँ थर्काइरहेको बेला मा अब हाम्रो स्कुल ले पनि आफुलाइ यस अनुसार चलाउन पर्ने अपरिहार्य देखेर हामिले त्यहि अनुरुप अगाडि लियर जाने कोसिस गरेका छौ , सम्पुर्ण साथिहरुको जमघट गराउने प्रर्यास हो यो , त्यसैले जो जाँहा वाट सक्नु हुन्छ स्कुल को गोल्डेन जुबलि हुनु भन्दा अगाडि हाम्रो स्कुल लाइ पुर्ण रुपमा साइबर संसार मा लियर जान जान तपाइ हरु को साथ चाहिएको छ अझ भनु तपाइहरु को प्रतिबध्दता को आबस्यकता छ ।

तपाइ हरु को साथि
ऋषि

Sunday, 21 October 2007

विजया दशमि र तिहार को मंगलमय शुभ-कामना

बिजया दशमि र तिहार को उपल्क्षमा समस्त साथिहरु मा मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छु ।

ऋषि

Saturday, 20 October 2007

Wel come to www.khairahani.edu.np

स्वागत छ सम्पुर्ण साथिहरु लाइ खैरहनि स्कुल को ब्लग मा । साथिहरु माझ म नम्र निबेदन गर्न चाहान्छु कि अहिले हाम्रो स्कुल को साइट डिजाइन अवस्था मै रहेको ले फोरम एकटिभ भैसकेको छैन तर चाँडैनै एकटिभ हुनेछ । त्यसैले प्लिज http://khairahani.edu.np/index.php को भिजिट गर्दै गर्नु होला।

अनि त्यति बेला सम्म तपाइ हरुले यसै ब्लग मा मेसेज छोड्न सक्नु हुनेछ।

तपाइ हरु को साथि
http://khairahani.edu.np/index.php